सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकाका बेसहारा दिदीबहिनीले पाए घर


  •    न्युजभित्तो/५ कार्तिक २०७७, बुधबार १६:५७ 
  • चितवन । पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन् । कालिका नगरपालिका–५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो ।

    वर्षात्को समयमा लाठीले बोरा अडाएर त्यहीँभित्र जीवन गुजारिरहेका उनीहरुलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाइदिनुभएको हो । निषेधाज्ञाको समयमा दुःख परेकालाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर निर्माण गरेको हो ।

    खैरहनी नगरपालिका वडा नं ८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले एक महिना लगाएर घर निर्माण गरिदिनुभएको हो । गजुरेलले भन्नुभयो, “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको अवस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर बनाएका हौँ ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाका बारेमा समाचार लेखेपछि गजुरेलसहितको अगुवाले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गरेको बताउनुभयो ।

    गजुरेलका अनुसार लाठीले बोरा अडाएर मुसल्धारे वर्षात्मा बसेको देखेर अगुवाहरुले शुरुमा त्रिपाल, म्याट र टर्च लाइट सहयोग गरेको थियो । उनीहरुकै दुई बहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिएको हो । घर बनाउन रु तीन लाख खर्च भएको उहाँको भनाइ छ ।

    घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताले रु तीन लाख ४६ हजार पठाएका छन् । १४ फिट चौडाइ र २० फिट लम्बाइको टिनले छाएको चिटिक्कको घरमा दिदीबहिनी बस्न शुरु गरेका छन् । दाताको नाम लेखेर औपचारिकरूपमा हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । ती दिदीबहिनीका लागि दाताकै सहयोगमा लत्ताकपडा र भाँडावर्तनको व्यवस्था पनि गरिएको छ ।

    पत्रकार चौधरीले आफ्नो क्षेत्रमा समाजिक अगुवाहरुले नमूना काम गरेको बताउनुभयो । मानवीय सेवामा यो उदाहरणीय काम भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सहसचिवसमेत रहनुभएका चौधरीले बताउनुभयो । ती दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विवाह भएको भए पनि श्रीमान्ले छाडेपछि स्थानीयवासीको गाईभँैसी चराउने काम गर्दै आएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.