नेकपाका सांसदहरुलाई दसैं भत्ता कोरोना राहत कोषमा जम्मा गर्न निर्देशन
न्युजभित्तो/३ कार्तिक २०७७, सोमबार १५:५५
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) को संसदीय दलले सबै सांसदहरुलाई दसैं भत्ता कोरोना राहत कोषमा जम्मा गर्न निर्देशन दिएको छ । निर्देशनपछि सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गर्नुभएको हो ।
कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह पनि उहाँले निर्देशन गर्नुभएको छ । कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि सांसदहरुको चौतर्फी आलोचना भएको थियो । यस्तो आलोचना बढेसँगै नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेपछि यस्तो निर्णय गरेको हो । नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।