सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीका निलकण्ठ काफ्ले राजनीतिसँगै बाख्रापालनमा


  •    न्युजभित्तो/३ कार्तिक २०७७, सोमबार १५:२७ 
  • चितवन । केन्द्रमा राजनीति गर्ने पूर्णकालीन हुने भए पनि स्थानीयस्तरका नेता कार्यकर्ताको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ । पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ । विगतमा राजनीति मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ति सकेको गुनासो गर्ने गरेका छन् ।

    यस्तै माडीमा गएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजय भोग्नुभएका नीलकण्ठ काफ्ले यतिबेला राजनीतिसँगै बाख्रापालनमा लाग्नुभएको छ । माडी नगरपालिका–७ का काफ्लेले सोही वडामा पराजय बेहोरेपछि व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो । ५७ वर्षीय काफ्ले अहिले माडी एग्रोफार्ममार्फत बोयर जातका बाख्रा पालेर पाठापाठी बिक्री वितरण गर्दै आउनुभएको छ ।

    स्थानीय तहको निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका काफ्ले अहिले आफ्नै व्यवसायमा रमाउँदै आउनुभएको छ । उहाँले गएको एक वर्षमा रु १० लाखभन्दा बढीको बोयर जातका पाठापाठी बिक्री गरेको बताउनुभयो । भारतको तामिलनाडु पुगेर शुद्ध बोयरको पाठा ल्याएर उहाँले व्यवसाय शुरु गर्नुभएको हो । आफ्नो चाहना पूरा गर्नका लागि रु ५४ हजारमा १७ किलोको तीन महिने पाठो ल्याएर हुर्काउन थाल्नुभयो । तर छ महिनामै खोरभित्रका अन्य बाख्रा मर्न थाले । उहाँले भन्नुभयो, “५५ बाख्रामध्ये १५ वटामात्रै बाँचे ।” बाख्राका पाठा मर्न थालेपछि बाख्रापालन नै छाड्ने स्थितिमा पुग्नुभएका काफ्लेले हार खानुभएन । बिरामी परेको बोयरको पाठोपछि तङ्ग्रिन थाल्यो । विगत सुनाउँदै भन्नुभयो, “अर्को वर्ष खोरमा ५० बाख्रा पुगे, बोयर क्रस गरेर पाठापाठी जन्मिन थाले ।” त्यही बोयरमार्फत उन्नत जातका पाठापाठी जन्मिन थालेको उहाँको भनाइ छ । जसले खोर भरिन थाल्यो ।

    उहाँले विसं २०७५ मा रु १२ लाख बराबरका बोयरका पाठा बेच्नुभयो । गत वर्ष करिब रु १० लाख बराबरको बेच्नुभयो । विसं २०७६ को असारमा उहाँले अष्ट्रेलियाबाट २४ वटा बोयरका पाठी र छ वटा पाठा किनेर ल्याउनुभयो । अहिले फार्ममा ६० वटा बाख्रा छन् । जसमध्ये ४० वटा माउ छन् । शुरुमा रु एक लाखको बाख्रा किनेर फार्म दर्ता गराउनुभएका काफ्लेले हालसम्म फार्ममा करिब रु एक करोड लगानी गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “यो वर्ष २० लाखका बोयरका पाठापाठी बेच्ने लक्ष्य छ ।” बोयर उन्नत जातको बाख्रा हो, यसबाट उत्पादन लिन सजिलो हुने रहेछ उहाँको भनाइ छ ।

    छिटो हुर्कंने, तौल बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले बोयर जातका बाख्राको माग बढ्दो छ । शुद्ध बोयर पाठा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म बिक्री हुन्छ भने पाठी रु एक लाख ८० हजारसम्म बिक्री हुने गर्छ । दुई वर्षमा बोयरका बोका १०० किलो बढी तौलका हुन्छन् । शुद्ध बोयर बोका र स्थानीय बाख्राबीच क्रस गराएर जन्मने पाठापाठी चार महिनामा ४० किलो बढी तौलका हुन्छन् । अर्खाखाँची, स्याङ्जा, बुटवल, धनकुटा, पोखरासम्मबाट बोयरका पाठापाठी लिन आउने गरेको उहाँले बताउनुभयो ।

    व्यावसायिकरुपमै अघि बढ्ने सोचका साथ उहाँले केही स्थानीयलाई लिएर धादिङ, गोरखा, तनहुँ, पोखरासम्म पुगेर उत्कृष्ट गाई, बाख्रा फार्म अवलोकन गर्नुभयो । उहाँका तीन छोरामध्ये जेठो छोरा मनोरोग विशेषज्ञ डा खगेन्द्र र माइलो छोरा हरि इञ्जिनीयर हुनुहुन्छ । कान्छो छोरा हिम भारतमा विद्यावारिधि गर्दै हुनुहुन्छ । छोरासँगै नभए पनि श्रीमतीको प्रत्यक्ष साथ छ उहाँलाई । बाख्रा उत्पादनमा नश्ल सुधार अतिआवश्यक रहेको उहाँको भनाइ छ । यस फार्मलाई नमूना स्रोत केन्द्रका रुपमा विकास गर्ने योजना रहेको छ । फार्ममा शुद्ध बोयर, बोयरका ५० प्रतिशत क्रस, ७५ प्रतिशत क्रस गरेका पाठापाठी उत्पादन हँुदै आएको छ । फार्मबाट अहिले पाठापाठी मात्रै बेच्ने गरिन्छ ।

    बाख्रापालनका लागि चार बिघा जमिनको व्यवस्था गरिएको छ । जसमध्ये दुई बिघामा अहिले घाँसखेती छ । बाख्रापालनबाट भविष्य राम्रो भएको भन्दै उहाँले सीप र लगानी गरेर निरन्तरता दिएमा व्यवसायमा सफल बन्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मिहिनेत ग¥यो भने विदेश जानुपर्दैन । स्थानीयस्तरमा राजनीति पनि छोडनु पर्दैन ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.