नेपालमा चार हजार ३९२ सङ्क्रमित थपिए, कूल संक्रमित संख्या एकलाख २६ हजार १३७ पुग्यो
न्युजभित्तो/३० आश्विन २०७७, शुक्रबार १६:३८
काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ जना सङ्क्रमित पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्गको क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ३७ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८८ हजार ४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।