पछिल्लो २४ घण्टामा देशभर ३७४९ जनामा संक्रमण पुष्टि
न्युजभित्तो/२९ आश्विन २०७७, बिहीबार १६:४०
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।
थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन् ।