काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख ११ हजार दुई जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्गको क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होमसहित संस्थागत आइसोलेसनमा बसेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७७ हजार २७७ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।