सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीपको ठक्करबाट बाबु–छोराको ज्यान गयो


  •    /४ जेष्ठ २०७६, शनिबार २३:५३ 
  • सर्लाही । मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ ।

    नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो ।

    राय बाबु–छोरा भैँसी चराएर घर फर्किदै गर्दा जीपले ठक्कर दिएको हो । लक्ष्मणको घटनास्थलमै मृत्यु भएको थियो भने उनका बाबु जैसीको उपचारको क्रममा हरिवनमा मृत्यु भएको हो । जीप चालक लालबन्दी नगरपालिका–७ का २० वर्षीय शिवनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.