सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारसँग सहमतिपछि डा. केसीले तोड्नुभयो अनसन


  •    न्युजभित्तो/२५ आश्विन २०७७, आईतवार ११:०५ 
  • काठमाडौं । डा गोविन्द केसीले कोरोना संक्रमण भई निको भएका सफाइ कर्मचारीले जुस पिलाएर आईतबार अनसन तोड्नु भएको छ । उहाँले १९ औं आमरण अनशन तोड्नु भएको हो । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले २८ औं दिनमा अनशन अन्त्य गर्नुभएको हो ।

    डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो । ४६ वर्षीय नेपालीलाई कोरोना संक्रमण भएर निको भएको थियो ।

    चिकित्सा शिक्षा सुधारका बिभिन्न मागहरु राख्दै डा केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गर्नुभएको थियो । उहाँलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उहाँलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं ५०१ मा राखिएको थियो ।

    उहाँले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिनुभएको थियो । अनशन तोड्नुअघि डा केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाउनु भएको थियो ।

    शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.