सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

४ सय ४६ जनाद्वारा आँखा दान सम्झौता


  •    न्युजभित्तो/२२ आश्विन २०७७, बिहीबार १४:४८ 
  • चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति सङ्घका जिल्ला सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गरे ।

    आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताए । क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ । लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिए ।

    भीमराज उषामाया पाठक आँखा बैंकका नामबाट स्थापना गरी काम अघि बढेको उनले जानकारी दिए । अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगङ्गा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ । यहाँ निकालिएका आँखा पनि व्यवस्थापनका लागि काठमाडौँ पठाइँदै आइएको छ ।

    यहाँ आँखा बैंक स्थापनाको प्रक्रिया शुरु भएसँगै अहिलेसम्म नौ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ । अस्पतालको पहलमा यसअघि ४१५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन् । एक जना व्यक्तिको आँखाको नानी चार जनासम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाइरेक्टर डा।रघुनन्दन व्यञ्जुले जानकारी दिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.