जाजरकोट जिप दुर्घटनामा वडाअध्यक्ष सहित पाँचको मृत्यु
न्युजभित्तो/२१ आश्विन २०७७, बुधबार १९:४५
जाजरकोट । जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज बुधबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिनुभयो । त्यस्तै दुईजना पानीमा वेपता भएको उहाँले जानकारी दिनुभयो ।
जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ । रासस