सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छाङरुबासीलाई विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो


  •    न्युजभित्तो/२० आश्विन २०७७, मंगलवार ०७:५६ 
  • काठमाण्डौं । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो ।

    उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब उप्रान्त मुलुकको एकस्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।सदरमुकामदेखि घाँटीबगडहुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका स्थानीयलाई बाध्यता थियो । उक्त बाध्यता अन्त्य गर्न गत जेठ २६ गते बाटो निर्माण सुरु गरेको सेनाले चारमहिनाको भगीरथ प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको हो ।

    प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी एक करोड ८ लाख ३६ हजारको लागतमा २ मिटर चौडा र ५५० मिटर लामो उक्त बाटो निर्माण गरिएको सेनाले जनाएको छ । उक्त बाटोका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैर सैनिक नागरिक अहोरात्र खटिएका थिए । हस्तान्तरण कार्यक्रममा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जटिलपरिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले त्यस क्षेत्रको विकासमा सेनाबाट थप योगदान पुग्ने हुने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले बाटो निर्माणमा सेनालाई सहयोग पु¥याउने प्रदेश सरकार र स्थानीय तह सबैप्रति धन्यावाद ज्ञापन गर्नुभयो । उक्त बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुङ्गा लागेर मृत्यु भएको थियो । सो अवसरमा बीमा बापतको रु १० लाखको चेक र योगदानको उच्च मुल्याङ्कन गर्दै प्रधानसेनापति प्रशंसा निशान उहाँकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको थियो ।

    बाटो सञ्चालनमा आएसगैँ त्यस क्षेत्रका १८४ घरधुरीका १ हजार २५० जनालाई हिड्न र पशु चौपाय ल्याउन पु¥याउन सहज भएको जनाइएको छ । उक्त मार्गको तम्पाकु खण्डमा सजिलोसग आवत जावत गर्न केही कठिनाई रहेकाले त्यसमा पनि सेनाबाट काम होस भनी स्थानीयले अनुरोध गरेकामा महाकाली करिडोर ९दार्चुला–तिङ्कर० निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ । अति विकट भौगोलिक अवस्थाकाकारण हेलिकोप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटै समयमा निर्माण सम्भव भएको सेनाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.