सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी घुम्न राष्ट्रपतिको निम्तो


  •    /४ जेष्ठ २०७६, शनिबार २२:२४ 
  • रुपन्देही । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।

    उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो ।

    स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

    उहाँले बुद्धपूर्णिमालाई वैशाख दिवसका रूपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद दिनुभयो । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रूपमा प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाई थियो ।

    लुम्बिनीको विकासका लागि चरणबद्ध कार्यक्रम : प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीकोे दिन शनिबार लुम्बिनीमा शान्ति दीप बोकेर ¥यालीमा सहभागी हुँदै ।

    बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रूपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताउनुभयो । उहाँले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गर्नुभयो

    प्रधानमन्त्री ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरूलाई समान ढङ्गले विकास गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवद्र्धनका लागि नयाँ ढङ्गले योजना बनाउने बताउनुभयो ।

    कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवद्र्धन गर्ने बताउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले अन्य बुद्धस्थलको समेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नं ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवद्र्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो
    • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.