सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा थपिए एक हजार ५१३ जना कोरोना संक्रमित, कहाँ कहाँ कति भेटिए सङ्क्रमित


  •    न्युजभित्तो/१३ आश्विन २०७७, मंगलवार १९:५२ 
  • काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ । एक महिना अघि सङ्क्रमितको सङ्ख्या हजार ३६ हजार ४५६ रहेको थियो ।

    देशका विभिन्न प्रयोगशालामा सो अवधिमा १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितमा पुरुष ९५७ तथा महिला ५५६ रहेका छन् ।

    हालसम्म ५५ हजार ३७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उहाँले बताउनुभयो । एक महिना अघि निको भइ घर फर्किनेको सङ्ख्या २० हजार २४२ रहेको थियो । पछिल्लो २४ घण्टामा ७३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर गरिएको छ । एक महिना अघि ६ लाख ५८ हजार ११० जनाको पीसीआर गरिएको थियो ।

    हाल देशभर २० हजार ३९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु आइसोलेसनमा छन् । पाँच हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन् । हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा तथा १० हजार ७०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

    कहाँ कहाँ कति भेटिए सङ्क्रमित

    प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४९, प्रदेश २ मा ५८, वाग्मतीमा एक हजार २८, गण्डकीमा ३५, प्रदेश ५ मा १९८, कर्णालीमा १ तथा सुदूरपश्चिम ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    प्रदेश नं १ को इलाममा १, उदयपुरमा २, ओखलढुङ्गामा १, तेह्रथुममा २, भोजपुरमा १, झापामा ९, मोरङमा १०१ तथा सुनसरीमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, रौतहटमा २६, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ तथा सिरहामा ८ जनामा कोरोना देखिएको छ । यसैगरी वाग्मती प्रदेशको काठमाडौँमा ७४७, काभ्रेपलाञ्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासी पूर्वमा १५ तथा स्याङ्जामा २ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

    यसैगरी प्रदेश ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ तथा बैतडीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    काठमाडौं उपत्यकामा ९३४ सङ्क्रमित थपिए

    पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ९३४ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । ती मध्ये काठमाडौँका ३०७ महिला र ४४० पुरुषसहित ७४७, ललितपुरका ४७ महिला र ६७ पुरुषसहित ११४ तथा भक्तपुरका २८ महिला र ४५ पुरुषसहित ७३ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार २६४ पुगेको छ । काठमाडौँमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ तथा भक्तपुरमा २ हजार ३७ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष तथा ३ महिला रहेका छन् । सङक्रमणबाट मर्नेको संख्या ४९१ पुगेको छ । एक महिना अघि कोरोनाबाट मर्नेको संख्या १९५ जना रहेको थियो ।

    प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय चितवनका ५५ वर्षीय तथा बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुष रहेका छन् । यस्तै सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया तथा बाँकेकी ७६ वर्षीया महिलाको रहेकी छिन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका छ पालिकाबाट कर दाता सेवा केन्द्र, के-के पाईन्छ सेवा ?
    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    • सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.