सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग


  •    न्युजभित्तो/१३ आश्विन २०७७, मंगलवार १५:२६ 
  • काठमाण्डौं । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ”, सङ्गठनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

    बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको सङ्गठनले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट सङ्गठनका अनुसार घटना विवरणअनुसार बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिवमन्दिरभित्र उनको शव क्षतविक्षेत अवस्थामा फेला परेको थियो ।

    विज्ञप्तिमा भनिएको छ, “देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.