सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन दिनपछि बाघको आक्रमणबाट अर्काे एक जनाको मृत्यु


  •    न्युजभित्तो/१२ आश्विन २०७७, सोमबार ११:५० 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट तीन दिनपछि अर्का एक जनाको मृत्यु भएको छ । शनिबार पश्चिम चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो भने सोमबार पूर्वी चितवनमा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. ६, का ५५ वर्षिय बबना चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउन जाँदा उनलाई बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाईएको छ ।

    जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले एक्कासी आक्रमण गरेको रामले जानकारी दिनुभयो । मृतकको शव घटना स्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

    यस अघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमणपछि शव समेत नछाडेपछि डार्ट गरेर आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको थियो । उक्त बाघलाई निकुञ्जको कार्यालय कसरामा राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.