सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नियोजितरुपमा सरकारविरुद्ध अभियान चलाइँदैछ’


  •    /३ जेष्ठ २०७६, शुक्रबार २३:२३ 
  • जीतपुर (कपिलवस्तु) । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गलत काम गरेर जनताबाट आलोचित नभए पनि नियोजित प्रचारका कारण भ्रम उत्पन्न गर्न खोजिएको बताउनुभएको छ ।

    नेकपा कपिलवस्तुद्वारा आयोजित मदन–आश्रित स्मृति दिवस तथा अगुवा कार्यकर्ता प्रशिक्षण एवं जिल्ला नेताको शपथ समारोहलाई सम्बोधन गर्दै उहाँले सिण्डिकेट अन्त्य गर्न खोज्नु, काम नगर्ने ठेकेदारमाथि कारवाही थाल्नु, सरकारी जग्गा कब्जा गर्नेमाथि छानबिन थाल्नु, वैदेशिक रोजगारमा ठगी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनु जस्ता काम थाल्दा ती क्षेत्रबाट गलत फाइदा उठाएकाले नियोजित रुपमा सरकार विरुद्ध अभियान चलाइरहेको बताउनुभयो ।

    कार्यक्रममा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले जनतामा देखिने गरी परिवर्तन गर्न कम्युनिष्ट सरकार बनेको बताउनुभयो । उहाँले अबको बजेट सार्वजनिक हँुदा जनतामा आशा र भरोसाका किरण पलाउने स्पष्ट पार्नुभयो । नेकपाका प्रदेश अध्यक्ष ओनसरी घर्तीले नेकपाको निर्माण देशमा समाजवाद स्थापनाका लागि भएकाले संविधानले सुनिश्चित गरेको समाजवाद जनताको घरहुँदै समाजका सबै क्षेत्रमा सुनिश्चिित गर्न केही समय लाग्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.