सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा स्वास्थ्य सचिव अर्यालले भन्नुभयो : कोरोना संक्रमण समुदायमा गैसक्यो भन्न मिल्दैन


  •    न्युजभित्तो/८ आश्विन २०७७, बिहीबार २०:४६ 
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमण दर बढे पनि त्यसैका आधारमा संक्रमण समुदायमा गैसक्यो भन्न नसकिने बताउनु भएको छ । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा उहाँले सेरोप्रिभिलेन्स सर्भे नगरी संक्रमण समुदायमा गयो भन्न सकिने अवस्थ नरहेको बताउनु भएको हो ।

    उहाँले अगाडि भन्नुभयो “साउन १५ देखि संक्रमणको दर बढेको छ, कम्युनिटीमा गएको हो कि भन्ने पनि देखिन्छ, तर सेरोप्रिभिलेन्स सर्भे नगरी भन्न सकिने अवस्था छैन ।” आजको मितिसम्म आईसीयू तथा भेन्टिलेटरको अभाव नभएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “आईसीयू बेड १६ सयबाट २७ सय पु¥याइएको छ, थप ४ सय बेड तयारी हुने अवस्थामा छ ।” नेपालमा भेन्टिलेटरको संख्या १ हजार हाराहारी रहेको उहाँले जानकारी दिनुभयो ।

    बैठकमा विज्ञका रूपमा निम्त्याइएका डा। प्रभात अधिकारीले काठमाडौंमा दिनमा १०/१५ वटा जटिल केस थपिँदा आईसीयूको हाहाकार हुने दाबी गर्नुभयो । आफूहरूको पछिल्लो केही दिन बिरामीका लागि आईसीयू बेड खोज्नमै बितिरहेको उहाँको भनाइ थियो । नेपालमा कोरोनाबाट हुने मृत्युदर कम हुनुको कारण सक्रिय उमेर समूहमा बढी संक्रमण देखिनु नै भएको उहाँको भनाई थियो ।

    वृद्धवृद्धा तथा दीर्घरोगीसहित जोखिम वर्गमा संक्रमण पुग्दा मृत्युदर अन्य देशकै हाराहारीमा पुग्ने उहाँको आशंका थियो । उहाँले भन्नुभयो “नेपालका कोरोनाका कारण हुने मृत्युदर अहिले कम छ र पछि पनि कम हुन्छ भन्ने कुरा हास्यास्पद् हो । अहिलेदेखि नै तयारी गरिएन भने संक्रमण दीर्घरोगी र वृद्धवृद्धामा पुग्छ, अनि मृत्युदर पनि बढ्छ ।”

    बैठकमा सचिव अर्यालले कोरोना विरुद्ध बन्ने क्रममा रहेका खोपहरूको क्लिनिकल ट्रायल नेपालमा गर्ने कि नगर्ने भन्नेमा छलफलमा रहेको पनि बताउनुभयो । उहाँले खोपका विषयमा प्रधानमन्त्रीसँग छलफलमै रहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “यत्तिकै ल्याएर प्रयोग गरिहाल्दा त्यसले समस्या निम्तिन पनि सक्छ । तर कुनै देशमा प्रयोग भइसकेको खोप भने ल्याउन सकिन्छ ।” उहाँले बेलायत, अमेरिका, चीन, रुस लगायतका देशमा बनेका खोप अहिले विभिन्न देशमा क्लिनिकल ट्रायलका क्रममा रहेको जानकारी दिंदै तेस्रो चरणको परीक्षणमा रहेका खोपहरू नेपालमा पनि ल्याउन’पर्ने आवाज कतिपय विज्ञहरूले उठाउने गरेको बताउनुभयो ।
    बैठकमा समिति सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ले कोरोना नियन्त्रण सरकारको मात्र नभएर नागरिकसहित सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो । उहाँले चाडबाड नजिकिएको अवस्थामा शहरबाट गाउँघर फर्किनेको संख्या बढ्ने र त्यसले जोखिम वर्गमा पर्ने वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा कोरोना संक्रमण पुग्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    त्यसक्रममा सांसदहरू खिमलाल भट्टराई, कोमल वलीलगायतले कोरोना संक्रमण सम्बन्धी विभिन्न विषयमा स्वास्थ्य सचिव अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका छ पालिकाबाट कर दाता सेवा केन्द्र, के-के पाईन्छ सेवा ?
    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    • सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.