नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा पहिरो, सडक अबरुद्ध
न्युजभित्तो/७ आश्विन २०७७, बुधबार १७:४०
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा बुधबार अपरान्ह ४ः५० बजे पहिरो खसेर सडक अबरुद्ध हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पानी निरन्तर परिरहेकाले तत्काल पहिरो पन्छाउन कठिन रहेको छ। पहिरो पन्छाउन डोजर त्यसतर्फ पठाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले पानी निरन्तर नपरेमा एक/दुई घण्टामा सडक खुल्न सक्ने बताउनुभयो । उहाँका अनुसार अन्य ठाउँमा पनि साना साना पहिरो खसेका छन् ।
सडक अबरुद्ध भएसँगै गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । यस सडक खण्डमा पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।