सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्छ : गच्छदार


  •    /३ जेष्ठ २०७६, शुक्रबार २३:१८ 
  • विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले सञ्चारमाध्यमले के लेख्ने के नलेख्ने भन्नेबारे विचार पु¥याउनुपर्ने बताउनुभयो । सरकारले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउन नहुने गच्छदारले बताउनुभयो । काङ्ग्रेस संसदीय दलका उपनेतासमेत रहनुभएका गच्छदारले प्रतिपक्षी दलको हैसियतले काङ्ग्रेस प्रेस जगतको अधिकारमाथि प्रहार एवं कुण्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गर्नुभयो ।

    उपसभापति गच्छदारले संसद्मा दर्ता गरिएको सुरक्षापरिषद् र मानव अधिकारसम्बन्धी विधेयकले लोकतान्त्रिक विधि, सङ्घीयता र संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले उक्त विधेयक सम्बन्धमा प्रतिपक्षसँग सल्लाह एवं सहमति गरी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    नेता गच्छदारले वर्तमान संविधान सबैको सहयोगमा निर्माण भएकाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने कार्यको निर्भरता सरकारमा रहेकाले लोकतान्त्रिक विधिबाट मुलुक सञ्चालनमा प्रतिपक्षको सदैव सहयोग रहनेछ भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.