सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार सुरेश अधिकारीलाई


  •    न्युजभित्तो/६ आश्विन २०७७, मंगलवार १८:३७ 
  • काठमाडौँ । यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार भिजन मिडिया नेटवर्कका अध्यक्ष तथा सफल खबरका प्रधान सम्पादक सुरेशचन्द्र अधिकारीले प्राप्त गर्नुभएको छ । काठमाडौँमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा अधिकारीलाई पुरस्कृत गरिएको हो ।

    उहाँलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सम्मानपत्र र पुरस्कार राशी प्रदान गर्नुभएको थियो । दुई दशकदेखि पत्रकारितामा कृयाशील अधिकारी चुरे सन्देश साप्ताहिकको प्रधान सम्पादक समेत हुनुहुन्छ । जनादेश, महिमा, ज्वाला साप्ताहिक, जनदिशा दैनिक, समावेशी मासिक, रातोपाटी डटकम, एबिसी टिभी लगायतका सञ्चारमाध्यममा काम गरेर पत्रकारिताको लामो अनुभव सँगाल्नुभएका अधिकारी प्रेस संगठन नेपालका केन्द्री नेता समेत हुनुहुन्छ ।

    नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वउपाध्यक्ष अधिकारी हाल भरतपुर महानगरपालिकाको प्रेस सल्लाहकार हुनुहुन्छ । अधिकारी पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि कृयाशील हुनुहुन्छ ।

    कुन पुरस्कार कसले पाउनुभयो ?

    यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो ।

    यसवर्षको १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमले प्राप्त गरेको छ ।

    यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाएका छन् । क्रियाशील पत्रकारिता पुरस्कार जनही २० हजार राशीको छ ।

    १५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष चितवनका अधिकारी सहित सटेन्द्र जबेगु (इलाम), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत हुनु भएको छ ।

    प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गाका पत्रकार गणेश राईले प्राप्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.