सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बोर्ड बैठकका लागि क्यान पदाधिकारी तथा सदस्य चितवनमा


  •    न्युजभित्तो/६ आश्विन २०७७, मंगलवार १०:५७ 
  • भरतपुर । नेपाल क्रिकेट सङ्घ (क्यान) को नियमित बैठक आज मंगलबार चितवनको भरतपुरमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज बिहान १० बजे भरतपुर गार्डेन रिसोर्टमा बैठक बस्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।

    क्रिकेटको भावी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको चन्दले बताउनुभयो । देशभरका पदाधिकारीलाई भाग लिन सहज होस् भनेर चितवनमा राखिएको उहाँले जानकारी दिनुभयो । उन्नाइस जना सदस्य रहेको बोर्डमा धेरै काठमाडौँ बाहिरका छन् । बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । यस्तै विगत र वर्तमानको समीक्षा गर्दै खेलाडीको प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सहभागिताका विषयमा पनि छलफल हुने चन्दले बताउनुभयो ।

    आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताउनुभयो । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो । कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.