सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १५४ जना सङ्क्रमित थपिए


  •    न्युजभित्तो/५ आश्विन २०७७, सोमबार १७:१६ 
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५३३ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख २३ हजार ८२३ वटा आरटी पीसीआर परीक्षण पुगेको छ।

    मन्त्रालयले सोमबार आयोजना गरेको दैनिक प्रेस ब्रिफिङको क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा एक हजार पाँचजना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४७ हजार २३८ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ । हाल १७ हजार ६११ जनामा सङ्क्रमण सक्रिय रहेको छ । आइसोलेसनमा कुल १७ हजार ६११ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४०३ जना छन् । देशभर संक्रमित भएर विरामी भएर आइसीयूमा रहेर १९६ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३१ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४२७ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.