सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  •    /३ जेष्ठ २०७६, शुक्रबार २२:५४ 
  • काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको हो । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ ।

    हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले बताउनुभयो । समायोजनपश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.