मन्त्रीपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री ओलीका तीन विकल्प
न्युजभित्तो/४ आश्विन २०७७, आईतवार १९:०१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनबारे तीन विकल्प प्रस्तुत गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आईतबार बसेको सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले तीन विकल्प दिनु भएको हो ।
ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने वा शुरुमा मन्त्री भएकाहरुलाई हटाउने वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने मध्ये उपयुक्त विकल्पमा छलफल गर्नुपर्ने बताउनु भएको थियो । बैठकमा अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राख्नु भएको थियो । सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ भन्ने विषयमा धेरै नेताहरुको मत रहेको थियो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनबारे तीन विकल्प प्रस्तुत गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आईतबार बसेको सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले तीन विकल्प दिनु भएको हो ।
ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने वा शुरुमा मन्त्री भएकाहरुलाई हटाउने वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने मध्ये उपयुक्त विकल्पमा छलफल गर्नुपर्ने बताउनु भएको थियो ।
बैठकमा अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राख्नु भएको थियो । सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ भन्ने विषयमा धेरै नेताहरुको मत रहेको थियो ।