सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप एकहजार ३२५ जना सङ्क्रमित, दश संक्रमितको मृत्यु


  •    न्युजभित्तो/४ आश्विन २०७७, आईतवार १८:५० 
  • काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ३२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३२५ जना जना सङ्क्रमित थपिएका हुन् । देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५८४ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख १४ हजार २९० वटा आरटी पीसीआर परीक्षण पुगेको छ।

    मन्त्रालयको आईतबारको दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ जना पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४६ हजार २३३ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।

    हाल १७ हजार ४७८ जनामा सङ्क्रमण सक्रिय रहेको छ । संस्थागत आइसोलेसनमा नौहजार ७१ सहित आइसोलेसनमा कुल १७ हजार ४७८ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४५१ जना छन् ।

    पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४११ पुगेको छ । मृत्युदर शुन्य दशमलब ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.