सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मावली आएका बालकलाई सर्पले टोक्दा मृत्यु, आमा र हजुरआमा गम्भीर


  •    न्युजभित्तो/३ आश्विन २०७७, शनिबार ०८:४४ 
  • चितवन । जिल्लाको एक घरमा मध्यरातमा प्रवेश गरेको सर्पले तीनजनालाई डसेको (टोकेको) छ । सर्पको डसाईबाट एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा उक्त घटना भएको हो । स्याङजा घर भई माईती शारदानगर आउनु भएकी रुबी सुनारका २ वर्षीय छोरो रायन रामदामको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुर शनिबार बिहान ५ः५० बजेको समयमा मृत्यु भएको हो ।

    थापाका अनुसार स्याङजा घर भई शारदानगर माईती आउनु भएकी रुवी, उनका छोरा र माईतीकी आमालाई सर्पले टोकेको थियो । शनिबार बिहान १२ः१० बजे (मध्यरात) को समयमा घरमा सुतिरहेको बेला मृतक रायनसंगै उनकी आमा र हजुरआमालाई सर्पले टोकेको थियो । विषालु सर्पको टोकाइबाट सोही स्थानकी वर्ष ५६ की केशरी बिक र वर्ष २६ की रुबी सुनारको अवस्था गम्भीर रहेको रहेको छ । केशरीको चितवन मेडिकल कलेज र रुबीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.