सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर थप एक हजार २४६ जनामा कोरोना पुष्टि


  •    न्युजभित्तो/१ आश्विन २०७७, बिहीबार १९:११ 
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार २४६ जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पिसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

    योसँगै कूल सङ्क्रमितको सङ्ख्या ५९ हजार ५७३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टा एक हजार २४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४२ हजार ९४९ जना पुगेको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये निको हुनेको प्रतिशत ७२ रहेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १६ हजार २४१ जना सक्रिय सङ्क्रमित छन् ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

    मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा सात हजार ९०३ जना रहेका छन् भने होम आइसोलेसनमा आठ हजार ३३८ जना छन् । यस्तै क्वारेन्टिनमा सात हजार ८८३ जना रहेका छन् । त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० बढी रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.