सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बढ्दै लोपोन्मुख दुर्लभ चरा


  •    न्युजभित्तो/१ आश्विन २०७७, बिहीबार ११:५० 
  • भरतपुर (चितवन) । चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ । ताल तलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिनुभयो । नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध लगाएपछि र पानीको सतह कायम राख्न बाँध लगाएपछि चराको सङ्ख्या बढेको उहाँले बताउनुभयो । माछा मार्न खोलामा विषादी हाल्ने क्रम रोकिएपछि पनि चरा संरक्षणमा सहयोग पुगेको छ ।

    राजधनेश, लोभिपापी गरुड, कालो गरुड, भँुडीफोर गरुड, घाँसे चरी र घेघरी घाँसे फिस्टे चराको सङ्ख्या बढेको बिंडारीले बताउनुभयो । नेपालको चितवनमा मात्रै देखिने लामो ठुडे भ्याकुरको अवस्था पनि राम्रो भएको उहाँले बताउनुभयो । चितवन निकुञ्ज आसपासको क्षेत्रमा चिलको प्रजातीका चराको अवस्था पनि राम्रो छ । चितवनमा गिद्ध प्रजातीको चरा कम हुँदै गएपनि नवलपुर क्षेत्रमा सङ्ख्या बढ्दो छ । राजमयुर, खरमयुर, कृष्ण गरुड र सेतो गरुड कहिलेकसो देखिने गरेको बिंडारीले बताउनुभयो । चितवनमा आधाभन्दा बढि प्रजातीका चराको सङ्ख्या बढेको छ ।

    लोपोन्मुख दुर्लभ चरा पानीमा आश्रित धेरै छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बाटुली ताल, टिकौली ताल, लामी ताल, गरुण तालमा चराको सङ्ख्या उल्लेख्य देख्न सकिन्छ । कुमरोज सामुदायिक वनदेखि सौराहाको ड्यामसम्मको क्षेत्रमा पनि चरा धरै देखिन्छन् ।
    चितवनको बर्ड सेन्चुरी (चराको मुख्य बासस्थान)को रुपमा टिकौलीको ताल क्षेत्र विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गबाट सय मिटर दूरीमा रहेको बीसहजारी ताल विश्व रामसार सूचीमा सूचिकृत छ । ताल आसपासमा सालका अग्ला रुख रहेका र ताल नजिकै खेती हुने क्षेत्र रहेकाले चराले ताल वरिपरी गुण लगाउने र खेतीमा विचरण गर्ने चराविद् बताउँछन् ।

    विश्वबाट लोप हुन लागेका ४४ प्रजातीका चरा नेपालमा पाइन्छन् । तीमध्ये चितवनमा मात्रै ३४ प्रजातीका चरा पाइन्छन् । नेपालमा पाइने ८४१ प्रजातीका चरामध्ये चितवनमा मात्रै ६४१ प्रजातीका चरा पाइन्छन् । नेपालमा विभिन्न सङ्घ संस्थाले चराको संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.