सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरीको आचरण सुधार गर्न ‘आचारसंहिता’


  •    न्युजभित्तो/१ आश्विन २०७७, बिहीबार ०८:४४ 
  • काठमाण्डौं । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने ‘आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ जारी गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताउनुभयो । जारी आचारसंहितामा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाहका क्रममा आग्रह वा पूर्वाग्रह नराख्न, समान व्यवहार गर्न, प्रहरी सङ्गठन र कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता प्रदर्शन गर्न भनिएको छ ।

    व्यक्तिगत आचरण तथा अनुशासनमा रही समयको पालना गर्दै काम, कर्तव्य इमान्दारी र तत्परताका साथ गर्नुपर्ने संहितामा उल्लेख छ । जाति, लिङ्ग, धर्म, सम्प्रदाय, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्नेजस्ता क्रियाकलाप गर्न नहुनेमा जोड दिइएको छ ।

    व्यावसायिकतालाई आत्मसाथ गरी प्रहरी अधिकृत तथा जवानबीच एकापसमा भाइचारापूर्ण सम्बन्ध कायम गर्न, कार्यसम्पादन सम्बन्धमा आफ्नो काम प्रति अद्यावधिक भइरहन, आजको काम आजै गर्ने परिपाटी विकास गर्न, आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख राख्नसमेत निर्देश गरिएको छ ।

    सरकारका विभिन्न निर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना तथा आर्थिक पारदर्शिता कायम गर्ने सन्दर्भमा कुनै कमजोरी नगर्न समेत भनिएको छ । प्रहरी कर्मचारीले नागरिकमैत्री अवधारणा अनुरुप सेवा ग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट भाषा प्रयोग गर्न तथा फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्न भनिएको छ ।

    अनुमति प्राप्त नगरी विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह सरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य नगर्न निर्देशन दिइएको छ । पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न रोक लगाइएको छ । व्यक्तिगत स्वार्थपूर्ति वा लोकप्रियताको लालचमा सञ्चार माध्यमको प्रयोग र सूचना चुहावट गर्न नहुनेमा जोड दिइएको छ । सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतङ्ककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न सामाजिक सञ्जालबाट सार्वजनिक गर्न नहुनेमा जोड दिइएको छ ।

    कानुनको पूर्ण पालना गर्दै मानव अधिकार सम्बन्धि सिद्धान्तको संरक्षण, सम्बद्र्धन तथा परिपालनामा ध्यान दिन भनिएको छ । विपरित लिङ्गीको सम्मान गर्नसमेत भनिएको छ । कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, सङ्घीय प्रहरी इकाइ कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा समितिमार्फत अनुगमन गर्ने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.