सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा एकैदिन एक हजार ५३९ जनामा कोरोना


  •    न्युजभित्तो/३१ भाद्र २०७७, बुधबार १९:५२ 
  • काठमाण्डौं । गत २४ घण्टामा एक हजार ५३९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा एक हजार ६८ रहेको जानकारी दिनुभयो ।

    गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार ७०६ छ । संंस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या आठ हजार ६४१ रहेको छ भने होम हाइसोलेसनमा बस्नेको सङ्ख्या सात हजार ७०१ जना छन् । “पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनामा पिसिआर परीक्षण भएको छ । हालसम्म आठ लाख ७२ हजार २७४ जनामा कोरोना परीक्षण गरिएको छ । क्वारेटिनमा रहनुभएका व्यक्तिको सङ्ख्या सात हजार ८२० रहेका छ”, प्रवक्ता गौतमले भन्नुभयो ।

    प्रवक्ता गौतमले कोभिड–१९ मुक्त हुने दर ७१।५ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३७९ जना पुगेको छ ।

    आजसम्मको तथ्याङ्क हेर्दा विश्वमा दुई कुरोड ९७ लाख ३४ हजार १०४ व्यक्तिमा कारोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये निको हुनेको सङ्ख्या दुई करोड १५ लाख ४६ हजार ४५६ रहेको छ । हालसम्म देशभरि जम्मा सङ्क्रमितको सङ्ख्या १६ हजार २४२ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.