सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारले सञ्चार साधनसहित देशैभर प्रदर्शन गरे, थप कार्यक्रम आइतबार आउने


  •    /३ जेष्ठ २०७६, शुक्रबार २०:०० 
  • चितवन । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलन सम्पन्न भएको छ । शुक्रबार पत्रकार महासंघको आयोजनामा देशैभर पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित बृहद प्रदर्शन गरेका छन् ।

    काठमाडौंमा पत्रकारहरुले संघीय संसद अगाडि आफ्ना सञ्चारका साधनसहित धर्ना दिएका थिए भने देशभर महासंघको जिल्ला शाखाको आयोजनामा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

    चितवनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा भरतपुरमा शुक्रबार विहान पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित प्रदर्शन गरेका छन् । पत्रकार महासंघको कार्यालय भवन अगाडि पत्रकारहरुले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका विरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पत्रकार महासंघ तथा पत्रकार सम्वद्ध विभिन्न संघ संगठनका नेतृत्वलगायत क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

    प्रदर्शन कार्यक्रममा पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना विपरित ल्याइएकोले त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले पत्रकारलाई नियन्त्रण गर्ने, क्षतिपूर्तिको नाममा लाखौँ रुपैयाँ तिराउने र समाचार लेखेकै आधारमा मुद्दा चलाएर जेल पठाउने काम लोकतन्त्रको मर्म विपरित भएकोले विधेयक संशोधन गर्नपर्ने धारणा राख्नुभयो ।

    यसैबीच, नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गर्न आइतबार महासंघको उपलब्ध केन्द्रीय समिति र सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिहरुको बैठक बोलाएको छ । उक्त बैठकपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने महासंघका महासचिव रमेश विष्टले बताउनुभएको छ । महासंघले पहिलो चरणको विरोध कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने आम सञ्चारकर्मी, सञ्चार सम्वद्ध संघसंस्था, सञ्चारमाध्यम, र नागरिक समाजप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.