सरकारद्वारा असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय
न्युजभित्तो/२९ भाद्र २०७७, सोमबार २१:३९
काठमाडौँ । असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।
स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान र लामो दूरीका यातायात सेवा बन्द रहेका थिए ।