नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ७० संक्रमित, कूल संख्या ५५ हजार ३२९
न्युजभित्तो/२९ भाद्र २०७७, सोमबार १८:४२
काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १७०जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार गरेको दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५५ हजार ३२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा एकहजार ८७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ
होम आइसोलेसनमा सातहजार २७५ सहित कुल १५ हजार ३६० पुगेको छ । सकृय सङ्क्रमितहरू १५ हजार ३९३ रहेका छन् । क्वारेन्टिनमा छहजार ८९२ रहेका छन् । पछिल्लो चौबीस घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३६० पुगेको छ ।