सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालभर एक हजार २०१ सङ्क्रमित थपिए


  •    न्युजभित्तो/२७ भाद्र २०७७, शनिबार १९:४८ 
  • काठमाण्डौं । काठमाडौँ उपत्यकामा थप ४३१ सहित एक हजार दुई सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या १५ हजार दुई सय ६० रहेको जानकारी दिनुभयो । हालसम्म नेपालमा जम्मा सङ््क्रमित ५३ हजार २२० छन् । आज विभिन्न जिल्लामा गरी ८५२ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३७ हजार ५२४ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ७०।६ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण भएका थिए । हालसम्म आठ लाख ३१ हजार ३६१ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ३५४ छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेशन र छ हजार १५३ होम आइसोलेशनमा छन् । देशभर १६० सङ्क्रमित सघन उपचार कक्षमा उपचाररत छन् भने २४ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

    आजसम्म सात जिल्लामा सङ्क्रमित छ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन् । पाँच सय भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला छन् ।

    थप १४ को मृत्यु

    काठमाडौँ उपत्यकामा पाँचसहित पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका पाँच जनाको मृत्यु भएको छ । काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.