सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो


  •    न्युजभित्तो/२७ भाद्र २०७७, शनिबार १९:४१ 
  • चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ ।

    सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ । बिहीबार र शुक्रबार मृत्यु भएकामध्ये रत्ननगरका पुरुषको कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल दैनिक एक/दुईवटा यस्ता बिरामी आउने गरेको बताउनुहुन्छ । बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन हुने गरेको उहाँको भनाइ छ ।

    अस्पतालको अकस्मिक कक्षका विभागीय प्रमुख डा जगन्नाथ तिवारी अन्तिम समयमा अस्पताल ल्याउँदा मृत्यु बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बिरामी अस्पताल आउँदा रक्तचाप र अक्सिजनको मात्रा कम भएर आउँछन् । केही गर्न नपाउँदै मृत्यु हुन्छ ।” कतिपयको बाटोमै र कतिपयको उपचार शुरु गर्न नपाउँदै मृत्यु हुने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “श्वास लिन गाह्रो भयो भन्दाभन्दै बिरामीको मृत्यु हुने गरेको छ ।” अस्पतालमा सघन उपचार कक्षको श्यया अभावको कारणले पनि बिरामीहरुको उपचार गर्न कठिन भएको विभागीय प्रमुख डा तिवारीको भनाइ छ । समुदायमा कोरोना फैलिएसँगै यसरी बिरामी आउने क्रम बढेको हो । उहाँका अनुसार बिरामीले सहनसक्ने अवस्थासम्म घरमा नै बस्ने र अति कठिन भएपछि मात्रै अस्पताल आउने भएका कारण उपचार असम्भव हुने गरेको छ ।

    अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका स्थानीयवासी अस्पताल जान नै डराउने गरेका छन् । सामान्य रोग लागेका बिरामीहरु अस्पतालमा जाने गरेका छैनन् । कतिपयले सामान्य भन्दै घरमा बस्दा पछि जटिल समस्या आउने गरेको छ । कतिपयलाई कोरोनाको लक्षण देखिए पनि समाजको डर र अस्पताल गए पनि केही हुँदैन भन्ने भ्रमका कारण घरमै बस्दा पछि समस्या जटिल बन्ने गरेको पाइएको छ ।

    भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेल जटिल भएपछि मात्रै अस्पताल आउने क्रम बढ्दा समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिटामोलले एक÷दुई दिनमा ठीक नभएमा ज्वरोका बिरामी अस्पताल आउनुपर्छ ।” मानिसहरुलाई समस्या भएजस्तो नदेखिने तर अकस्मात श्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको उहाँको भनाइ छ । रुघाखोकी, ज्वरो, दम भएका बिरामीले नियमित रुपमा अक्सिजनको मात्रा हेर्नु पर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “ज्वरो आएपछि अस्पताल जाँदा कोरोना भन्छन् कि भन्ने डरले घरमै रोग पालेर बस्ने क्रम बढी छ ।”

    चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अन्तिम अवस्थामा उपचारका लागि आउने क्रम बढेको बताउनुहुन्छ । समयमा उपचार गर्न नआउँदा समस्या हुने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म घरमा नै उपचार गर्न चाहने बढी छन् । जसले गर्दा जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन् ।” सामान्य अवस्थाबाहेक समस्या देखिएमा अस्पताल आउन उहाँको सुझाव छ ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी अन्तिम अवस्थामा अस्पताल आइपुग्दा बिरामीको मृत्यु बढेको बताउनुहुन्छ । रुघाखोकी र सयभन्दा बढी ज्वरो आएमा अस्पताल जान उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “कोरोना भएमा अरूले के भन्लान् भनेर पनि अस्पताल आउन डराएको अवस्था छ ।” अस्पतालहरुले सकेसम्म सुरक्षाको मापदण्ड अपनाएर उपचार गरिरहेकाले रोग पालेर घरमा नबस्न उहाँको आग्रह छ ।

    कतिपय बाटोमै मृत्यु हुनेहरुको कोरोना परीक्षणसमेत नगरी परिवारले शवको व्यवस्थापन गर्ने गरेका छन् । अस्पतालमा आई पुगेर मृत्यु भएकाको भने स्वाब परीक्षण गर्ने गरिएको छ । यसरी मृत्यु भएका कतिपयको परिवारले अस्पतालबाट स्वाब परीक्षण नगरी शव घर लैजाने गरेका छन् । यही भदौ १४ गते यस्तै प्रकृतिका तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनीहरु तीनै जनाको कोरोना पोजिटिभ देखिएको थियो ।

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले घरमा रोग पालेर नबस्न सबैमा आग्रह गर्नुभएको छ । सामान्य समस्यामा अस्पताल आउन नपरे पनि टेलिफोन लगायतका माध्यमबाट चिकित्सकसँग परामर्श गर्न सकिने उहाँको भनाइ छ । जिल्लाका सरकारी र निजी अस्पतालले सहकार्य गरेर आएका बिरामीलाई उपचार व्यवस्था गरिएको छ । केही दिनअघि उपचार नपाएर मृत्यु भएको घटनापछि स्थानीय प्रशासनले अस्पतालहरुलाई समन्वय गरेर उपचार गर्न निर्देशन दिएको थियो । भरतपुर अस्पतालका अध्यक्ष डा अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले उपचार नपाउने अवस्था आउन नदिनका लागि काम गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.