सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको एकता महाधिवेशन चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा


  •    न्युजभित्तो/२६ भाद्र २०७७, शुक्रबार १९:२९ 
  • कार्यकारी अध्यक्षका रुपमा दाहाल पार्टी र ओली सरकारका काममा केन्द्रीत हुने

    काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार टुंगिएको छ । बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै टुंगिएको हो ।

    बैठकमा प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रीत हुने र दाहालले कार्यकारी भूमिकासहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय पनि बैठकले गरेको छ । सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

    यसैगरी बैठकले पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजान गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो । उक्त प्रस्ताव दुई दिनअघि नै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनको लागि पठाएको थियो । शुक्रबारको बैठकमा सचिवालयसहितका १३ स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए । बाँकी सदस्यहरुले प्रस्ताव अध्ययनपछि आफ्ना सुझाव बिहीबार साँझ नै इमेलमार्फत महासचिव विष्णु पौडेललाई पठाएका थिए ।

    संसदमा विचाराधीन एमसीसी सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.