२४ घण्टामा एकहजार ४५४ सङ्क्रमित पुष्टि, कुल ५१ हजार ९१९ पुग्यो
न्युजभित्तो/२६ भाद्र २०७७, शुक्रबार १६:५३
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का एकहजार ४५४ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा शुक्रबार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५१ हजार ९१९ पुगेको जनाएको छ । पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित नाघेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३६ हजार ६७२ पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ९२५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
आइसोलेसनमा १४ हजार ९२५ जना र क्वारेन्टिनमा छहजार ७८ रहेका छन् । पछिल्लो चौबीस घण्टामा पाँचजनाको ज्यान गएको छ । योसँगै कोरोनाको कारणले मृत्यु भएकाको संख्या ३२२ पुगेको छ ।