सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आठ वर्ष उठेरै जीवन समाप्त भयो चितवन राष्ट्रिय निकुञ्जको सुन्दरमालाको


  •    न्युजभित्तो/२६ भाद्र २०७७, शुक्रबार १६:४६ 
  • चितवन । अजङ्गको शरीरलाई सधैँ उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगत्मा आरामका लागि प्रायः सुत्नु नै पर्छ त्यो पनि भुइँमा लम्पसार परेर । चितवन राष्ट्रिय निकुञ्जको एउटा अजङ्गको ढोईले सुन्दरमाला आठ वर्ष उठेरै बितायो । जब भुइँमा लड्यो, उसले आफ्नै जीवन नै समाप्त ग¥यो ।

    निकुञ्जको सौराहास्थित हात्तीसारमा रहेको सुन्दरमाला नामक हात्ती आठ वर्षदेखि कहिल्यै भूइँमा सुतेन । ऊ आफैँलाई बाँधेको खबारी ९खाँबो० को सहारामा आड लगाएर निदाउने गथ्र्यो । भदौ २१ गते जब ऊ भुइँमा लम्पसार प¥यो, जीवनको अन्त्य पनि त्यही बेला भयो ।

    सो ढोईको नौ वर्षयता रेखदेख गर्दै आउनुभएकी फनित मीना महतो सातआठ वर्षअघि एक दिन बसिरहेका बेला जङ्गली हात्ती ‘जिरे’ले हानेदेखि मृत्यु भएको दिनसम्म ऊ नबसेको बताउनुहुन्छ । उठ्दाउठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महतोले भन्नुभयो “धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त ग¥यो ।” मृत्यु हुनु तीन दिनअघिसम्म हात्ती आहाराका लागि जङ्गल जाने गरेको उहाँले बताउनुभयो ।

    विसं २००२ मा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याइएको हो । महतो भन्नुहुन्छ “बडामहारानी, राजारानी चढ्ने हात्ती हो रे यो ।” निकै ज्ञानी भएकाले राजपरिवारले मन पराएको भन्ने आफूले सुनेको उहाँले जानकारी दिनुभयो । पोथी हात्ती सुन्दरमाला लामो समय निकुञ्ज सुरक्षामा खटिए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठ कुनैकुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउनुहुन्छ ।

    उहाँका अनुसार हात्तीको तौल चार हजार किलो हाराहारी हुन्छ । उहाँले भन्नुभयो “शरीर कमजोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।” आफू बसेको बेला जङ्गली हात्तीले आक्रमण गरेकाले बस्दा फेरि आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आकलन गरिएको छ ।

    निकुञ्जका विभिन्न ठाउँमा ५८ हात्ती छन् । विगतमा पर्यटकलाई घुमाउनसमेत प्रयोग हुने गरेका हात्ती पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारी साधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकाले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

    निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावालाई त्यहीँ तालीम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ । शुरुआती दिनमा भने भारतलगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याइएको हो । भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्छ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरी कुची तयार पारेर खुवाइन्छ । उसलाई घाँसे मैदान र जङ्गलमा चराउन पनि लगिन्छ । रासस

    (सांकेतिक तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.