सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सक्रिय सङ्क्रमित १५ हजार : सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी


  •    न्युजभित्तो/२४ भाद्र २०७७, बुधबार १९:२० 
  • काठमाण्डौं । देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार २५ रहेको जानकारी दिनुभयो । हालसम्म नेपालमा जम्मा सङ््क्रमित ४९ हजार २१९ छन् । आज विभिन्न जिल्लामा गरी ९१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३३ हजार ८८२ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६८ दशमलव आठ प्रतिशत पुगेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन् ।

    प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित १ मा ५०५, २ मा ३७४, वाग्मतीमा चार हजार ७७२, गण्डकीमा ७३३, ५ मा ७१३, कर्णालीमा २७५ र सुदूरपश्चिममा ६१६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा ८६२, २ मा दुई हजार पाँच सय, वाग्मतीमा दुई हजार ४६६, गण्डकीमा एक सय, ५ मा ८९५, कर्णालीमा ८४ र सुदूरपश्चिम १३० छन् ।

    देशभर १६२ सङ्क्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा पाँच, २ मा २४, वाग्मतीमा १०१, गण्डकीमा पाँच, ५ मा २०, कर्णालीमा छ र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । वाग्मतीमा २१ र ५ मा एक गरी २२ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

    पछिल्लो २४ घण्टामा देशभर नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ का उदयपुरमा एक, ओखलढुङ््गामा तीन, खोटाङमा दुई, झापामा छ, ताप्लेजुङमा एक, धनकुटामा नौ, भोजपुरमा पाँच, मोरङमा ७७ र सुनसरीमा ५६ छन् । प्रदेश २ मा धनुषामा तीन, पर्सामा छ, बारामा १७, महोत्तरीमा दुई, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा छ र सिरहामा ८१ छन् ।

    ्काठमाडौँ उपत्यकामा ३६४ नयाँ सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा ३९४, ललितपुरमा ३४, र भक्तपुरमा ३६ छन् । वाग्मतीकै काभ्रेपलाञ्चोकमा आठ, चितवनमा २१, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा ४२, रामेछापमा तीन, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    गण्डकीका कास्कीमा १०, गोरखामा एक, तनहुँमा चार, नवलपरासी९बर्दघाट सुस्ता पूर्व ०मा एक, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा दुई र स्याङ्जामा एक सङ्क्रमित फेला परेका छन् । प्रदेश ५ मा कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा १२, पाल्पामा दुई, बर्दियामा १३, बाँकेमा २२ र रुपन्देहीमा ४२ सङक्रमित फेला परेका छन् । कर्णालीका जाजरकोटमा एक, दैलेखमा तीन र सुर्खेतमा २२ फेला परेका छन् भने सुदूरपश्चिमका अछाममा एक, दार्चुलामा तीन र बझाङमा दुई सङ्क्रमित फेला परेका छन् ।
    आजसम्म सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने पाँच जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, डोल्पा, मुगु र हुम्ला छन् ।

    आत्महत्या कम्तीमा २० प्रतिशत वृद्धि
    नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको प्रवक्ता डा गौतमले बताउनुभयो । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको पाइएको छ । नजीकैका ती व्यक्तिले यसलाई मजाकका रुपमा लिने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराएर बचाउन सकिन्छ ।”

    थप छको मृत्यु
    पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७७ लाख ५३ हजार ६८ जना सङ्क्रमित छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.