सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैंडा भेटियो, तस्करले मारेको आशंका


  •    न्युजभित्तो/२३ भाद्र २०७७, मंगलवार १८:१२ 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा रहेको दुर्लभ एकसिंगे गैंडा भेटिएको छ । निकुञ्जको वाँदरझुला आईल्याण्ड क्षेत्रमा दुई दिन अघि शंङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५–३० वर्षको गैंडाको टाउकोमा दुईवटा प्वाल र पछाडीको भागमा धारिलो हतियारले काटेको घाउ छ । खाग र खुर सुरक्षित रहे पनि हतियारको प्रयोग गरी गैंडा घाईते बनाईएकाले तस्करले नै मारेका होइन भन्ने अवस्था नरहेको बरालले बताउनुभयो । तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन् । गैंडा मारे पनि उनीहरुले खाग खुर लैजान नसकेको हुन सक्ने बताईएको छ ।

    भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो । मृत भाले गैंडाको टाउकोमा दुईवटा प्वाल रहेका थिए । करिब एक साता अघि गैंडा मरेको अनुमान गरिएको छ । गैंडा तस्करले मारेको आशंकामा निकुञ्जमा सुरक्षा सतर्कता वढाईएको छ । घटना शंकास्पद भएपछि थप अनुसन्धान अगाडि बढाईएको बरालले न्यूजभित्तोलाई बताउनुभयो ।

    बि.संं २०७३ साल चैत २६ गते भरतपुर महानगरपालिका वडा नं. २२ जगतपुरको बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले गैंडा मारेका थिए । त्यस यता हालसम्म चोरी शिकारीका कारण गैंडा मारिएका थिएनन् ।

    निकुञ्जमा साउन यता तीन वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । पछिल्लो गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा रहेकोमा ती मध्ये ६ सय ५ वटा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.