सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साँसदको उपस्थितिमा स्थानीयले ढाटमा आगो लगाए


  •    /३ जेष्ठ २०७६, शुक्रबार १३:४१ 
  • चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको सडक बोर्ड नेपालको सडक दस्तुर सङ्कलन गर्ने ढाटमा शुक्रबार सर्वसाधारणले आगो लगाएका छन् । आगो नियन्त्रणका क्रममा एकजना प्रहरी सहायक निरीक्षक गम्भीर घाईते हुनु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएको थियो । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहिँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाईते हुनु भएको हो । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । घाईते खड्काको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।पूर्वी चितवनवासीले यस अघिनै सो ठाउँबाट ढाट हटाउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । डिएसपी शाहले चितवन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य कृष्णप्रसाद खनालको नेतृत्वमा आगो लगाईएको आरोप लगाउनुभयो । साँसद खनालले भने आफु घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको दावी गर्दै आक्रोशित जनताले आगो लगाएका बताउनुभयो ।

    प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयले सहेर नबस्ने खनालले वताउनु भयो । उहाँले ढाटलाई जिल्लाको सीमा क्षेत्र (जिरो किलोमिटर) मा लैजानु पर्ने बताउनु भयो । सदरमुकाम आउँदा जाँदा समेत राजस्व तिर्नु परेपछि पूर्वी चितवनवासी मर्कामा परेका उहाँले बताउनु भयो ।

    उक्त ढाट हुँदै पर्यटकीय नगरी सौराहा लगायत पूर्वी चितवनका रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकावासी सदरमुकाम भरतपुर आवतजावत गर्ने गर्दछन् ।ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    • चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.