सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना सङ्क्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा


  •    न्युजभित्तो/१७ भाद्र २०७७, बुधबार १६:१० 
  • काठमाण्डौं । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।

    नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हो ।

    महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिनुभयो । यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा सङ्क्रमण दर बढिरहेको छ । हिजोमात्र ४८१ जनामा सङ्क्रमण देखिएको थियो ।

    “सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, उहाँले भन्नुभयो, “अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।” महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा पाण्डेले बताउनुभयो ।

    सातवटै प्रदेशमा सङ्क्रमण बढी फैलिएका ठाउँमा गई छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ ।
    एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।

    महाशाखाका निर्देशक डा पाण्डेले अवको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताउनुभयो । उहाँका अनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ । “पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र सङ्क्रमण देखिएको थियो”, उहाँले भन्नुभयो, “तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ । काठमाडौँमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा सङ्क्रमण देखिएको छ ।”

    विगतमा विदेशमा आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा सङ्क्रमण देखिए पनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि सङ्क्रमण देखिन थालेको उहाँको भनाइ रहेको छ । गत माघ ९ गते नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ४६ वटा प्रयोगशालामा सात लाख पाँच हजार ५६० जनामा गरिएको पिसिआर परीक्षणमा ४० हजार ५२९ जना कोभिड– १९ को सङ्क्रमण देखिएको छ ।

    पिसिआर परीक्षण गरिएकामध्ये सङ्क्रमण दर ५।७ प्रतिशत रहेको छ । तीमध्ये सक्रिय सङ्क्रमित १८ हजार ११२ जनामा रहेको छ । यस्तै २३९ जनामा सङ्क्रमणका कारणले निधन भइसकेको छ । नेपालमा प्रति १० लाख ७।८ प्रतिशत मृत्युदर, सङ्क्रमितमध्ये मृत्युदर ०।६ प्रतिशत रहेको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले समुदायस्तरमा सङ्क्रमण फैलिएकाबारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले १२ जिल्लामा खासखास ठाउँमा ९कलस्टर०मा सङ्क्रमण देखिएको बताउनुभयो । “यहाँ समुदायमा सङ्क्रमण अझै फैलिएको छैन”, उहाँले भन्नुभयो, “बाह्र जिल्लामा क्लस्टरमा सङ्क्रमण फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न सकेनाँै भने समुदायमा फैलिने डर छ ।”

    अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज रहेका छन् । अहिले संस्थागत आइसोलेशनमा १० हजार ८३२ जना, होम आइसोलेशनमा सात हजार २८० जना र क्वारेन्टिनमा सात हजार ३९० जना रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले समुदायमा सङ्क्रमण अझै गई नसकेकाले बताउनुभयो । उहाँले सङ्क्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशका क्रममा रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.