सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानवीय संवेदना र सँस्कारको सम्मानसहित चितवनमा सक्रिय नेपाली सेना


  •    न्युजभित्तो/१६ भाद्र २०७७, मंगलवार २०:१६ 
  • चितवन । आफन्त गुमाउँदाको पीडा शवलाई अङ्कमाल गरेर मन हलुङ्गो हुने गरी रोएपछि धेरैलाई सान्त्वना मिल्ने गर्छ । त्यसपछिको आफ्नो धार्मिक परम्परा र सँस्कार अनुसारको अन्त्येष्टि कर्म पूरा गर्दा मृतात्माले शान्ति पाउने र परिवारमा पनि पीडा कम हुँदै जाने गर्दछ । कोरोना महामारीले परम्परा र संस्कारलाई नियमित गर्न नदिए पनि नेपाली सेनाले भने सम्भव हुने जति परम्परा र संस्कार अनुसार अन्त्येष्टि गरेर सहानुभूति लिने र समवेदना दिने गरेको छ ।

    कोरोना सङ्क्रमणपछि मृत्यु हुनेहरुको दाहसंस्कारको जिम्मा पाएको नेपाली सेनाले परिवारको अनुरोध अनुसार शवलाई व्यवस्थापन गर्दै आएको छ । सेनाले परिवारले जसरी शवको व्यवस्थापन गर्न भन्छ सोही अनुसार गर्दै आएको छ । यहाँको कालीबहादुर गणले हालसम्म १७ वटा शवको व्यवस्थापन गरिसकेको छ । ती मध्ये १० पुरुष र सात महिला रहेका छन् । १८ वर्षिया युवतीदेखि १०८ वर्षिया बृद्धासम्मको परम्परा अनुसार संस्कार गरिएको छ ।

    सेनाले गएको असार १३ गते कैलालीका एक पुरुषको शव व्यवस्थापन गरी यस कामको शुरुवात गरेको हो । गणका गणपति विज्ञान खनालका अनुसार गणमा तालिम प्राप्त टोली नै रहेको छ भने १५ जनाको टोलीले छुट्टै आईसोलेसनमा बस्ने गरेको छ । खनालले भन्नुभयो “खबर आएपछि तत्काल व्यवस्थापन गरेर हाम्रो टोली शव रहेको ठाउँमा पुग्छ ।” उहाँका अनुसार शुरुमा शवलाई निर्मलीकरण गरेर शव बहानमा राखिन्छ । शव बहानसँगसँगै सेनाको टोली अन्त्येष्टि स्थलमा पुग्ने गर्दछ । भरतपुर महानगरपालिका वडा नं। १ स्थित बागेश्वरी जंगलमा शव व्यवस्थापन गरिंदै आएको छ । खनालले भन्नुभयो “परिवारको ईच्छा अनुसार शवको अन्त्येष्टि गर्छौ, हालसम्म परिवारको अनुरोधमा एउटा शव जलाईएको छ भने अन्यलाई खाल्टोमा व्यवस्थापन गरिएको छ ।”

    शव व्यवस्थापन स्थल नजिकै भौतिक दूरी कायम गरेर परिवारले आफ्नो संस्कार र परम्परा अनुसारको धार्मिक विधि पूरा गरिसकेपछि मात्रै शवको व्यवस्थापन हुने गरेको छ । खनालले भन्नुभयो “जुन धर्म र संस्कारको शव छ सोही परम्परा अनुसारको विधि पूरा गरेपछि मात्रै हामीले अन्त्येष्टि गर्दछौं ।” महामारीबीच पनि आफ्नो परम्परा पूरा गर्न पाउँदा परिवारमा सान्त्वना मिल्ने गरेको छ । डोजरले ७ देखि १० फिट गहिरो खाल्टो खनेर शव व्यवस्थापन गरिंदै आएको छ । एउटा शव व्यवस्थापनका लागि पाँच जनाको समूह परिचालन गर्ने गरिएको छ । अधिकृत वा पदिकले त्यसको नेतृत्व गर्ने गर्दछन् । शव व्यवस्थापनपछि फर्किएको टोली गणको गेटैमा सेनिटराईज गरेर भित्र प्रवेश गराईन्छ ।

    गेटको आडैमा रहेको स्नान कक्षमा स्नान गरेर उनीहरु आईसोलेसन कक्षमा पुग्ने गर्दछन् । खनालले भन्नुभयो “१५ दिनसम्म एउटै समूहले काम गर्दछ । त्यसपछि पिसिआर नेगेटिभ आएमा अर्को समूहलाई परिचालन गरिन्छ ।” व्यक्तिगत सुरक्षाको पोशाक प्रयोग गरी शव व्यवस्थापनमा टोली पठाउने गरिएको छ । उनीहरुले मास्क, पन्जा, पिपिई लगायतका सम्पूर्ण सुरक्षा पोशाक लगाउने गरेका छन् । खनालका अनुसार हालसम्म शव व्यवस्थापनमा खटिएका कुनै पनि सैनिकलाई कोरोना पोजेटिभ देखिंएको छैन । नेपाली सेनाले पाएको यो महत्वपूर्ण जिम्मेवारी उच्च मनोबलका साथ पूरा गरिएको खनालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.