सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा चितवनका अध्यक्ष ईन्द्रजीत र सचिव पाेखरेलद्वारा पदभार ग्रहण


  •    /३ जेष्ठ २०७६, शुक्रबार ०९:०९ 
  • चितवन .
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत) र सचिव कृष्णभक्त पोखरेलले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । तत्कालिन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै नेताद्वयले पार्टीको नीति र सिद्धान्त बमोजिम पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सो अवसरमा पार्टीका बरिष्ठ केन्द्रीय सदस्य काशीनाथ अधिकारी, कृष्णप्रसाद खनाल, देवी ज्ञवाली लगायतका नेताहरुले माला लगाई पदभार ग्रहण गराउनु भएको थियो । सो अवसरमा पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    पदभार ग्रहणपछि तत्कालिन माओवादी पार्टी कार्यालयमा रहेको शहीद स्तम्भरमा अध्यक्ष ईन्द्रजीत, सचिव पोखरेललगायतका नेताहरुले माल्यार्पण गरी शहीदहरुप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।

    यसैबीच २६ औं मदन आश्रित स्मृति दिवको अवसरमा अहिले दासढुंगामा श्रद्धाञ्जली कार्यक्रम भईरहेको छ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको प्रतिमामा माल्यार्पण गरी कार्यक्रम शुरु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.