नेकपा चितवनका अध्यक्ष ईन्द्रजीत र सचिव पाेखरेलद्वारा पदभार ग्रहण
/३ जेष्ठ २०७६, शुक्रबार ०९:०९
चितवन . नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत) र सचिव कृष्णभक्त पोखरेलले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । तत्कालिन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै नेताद्वयले पार्टीको नीति र सिद्धान्त बमोजिम पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा पार्टीका बरिष्ठ केन्द्रीय सदस्य काशीनाथ अधिकारी, कृष्णप्रसाद खनाल, देवी ज्ञवाली लगायतका नेताहरुले माला लगाई पदभार ग्रहण गराउनु भएको थियो । सो अवसरमा पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पदभार ग्रहणपछि तत्कालिन माओवादी पार्टी कार्यालयमा रहेको शहीद स्तम्भरमा अध्यक्ष ईन्द्रजीत, सचिव पोखरेललगायतका नेताहरुले माल्यार्पण गरी शहीदहरुप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।
यसैबीच २६ औं मदन आश्रित स्मृति दिवको अवसरमा अहिले दासढुंगामा श्रद्धाञ्जली कार्यक्रम भईरहेको छ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको प्रतिमामा माल्यार्पण गरी कार्यक्रम शुरु भएको हो ।
चितवन .
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत) र सचिव कृष्णभक्त पोखरेलले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । तत्कालिन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै नेताद्वयले पार्टीको नीति र सिद्धान्त बमोजिम पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।