नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्यायो (सूचीसहित)
/२ जेष्ठ २०७६, बिहीबार २२:३८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको हो ।
बैठकले जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुङ्गो लगाएको हो । बैठकले अनेरास्ववियूको संयोजकमा पूर्वएमालेबाट ऐन महर, सहसंयोजकमा पूर्वमाओवादीबाट रञ्जित तामाङ, युवाको संयोजकमा पूर्वमाओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्वएमालेबाट रमेश पौडेल, महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेललाई चयन गरेको छ ।
त्यस्तै वुद्धिजीवीको संयोजकमा पूर्वएमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्वमाओवादीबाट कृष्ण केसी, मजदुरको संयोजकमा पूर्वएमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा तथा प्रेस सङ्गठनको संयोजकमा पूर्वमाओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्वएमालेबाट गणेश बस्नेतको टुङ्गो लागेको छ ।
मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ । गत वर्ष जेठ ३ गते नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्ष र सचिवको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।
त्यसैगरी, नेकपाले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।ं प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको हो । नेकपाले शुक्रबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

कुन कुन जनवर्गीय सङ्गठनमा को को ?
अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले)
सहसंयोजक– रञ्जित तामाङ्ग (पूर्व माओवादी)
युवा संयोजक– दीपशीखा (पूर्व माओवादी)
सहसंयोजक– रमेश पौडेल (पूर्व एमाले)
महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी)
सहसंयोजक– सीता पौडेल (पूर्व एमाले)
प्रेस संगठन संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी)
सहसंयोजक– गणेश बस्नेत (पूर्व एमाले)
बुद्धिजीवी संयोजक– डा. दिनेशचन्द्र देवकोटा (पूर्व एमाले)
सहसंयोजक– कृष्ण केसी (पूर्व माओवादी)
मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले)
सहसंयोजक– जगत सिंखडा (पूर्व माओवादी)
कानुन संयोजक– रुद्र नेपाल (पूर्व एमाले)
सहसंयोजक– डा.दीनमणी पोख्रेल (पूर्व माओवादी)
मानवअधिकार संयोजक– मीनबहादुर शाही (पूर्व एमाले)
सहसंयोजक– हुकुम पोख्रेल (पूर्व माओवादी)
पेशागत संयोजक– विश्वनाथ प्याकुरेल (पूर्व एमाले)
सहसंयोजक– दयाराम बस्याल (पूर्व माओवादी)
जनसांस्कृतिक संयोजक– खगेन्द्र राई (पूर्व एमाले)
सहसंयोजक– सरल सहयात्री (पूर्व माओवादी)
मुस्लिम संयोजक– सराज फारुकी (पूर्व एमाले)
सहसंयोजक– तहर हुसेन फारुकी (पूर्व माओवादी)
दलित संयोजक– तिलक परियार (पूर्व माओवादी)
सहसंयोजक–ओमबहादुर विश्वकर्मा (पूर्व एमाले)
भूपू सुरक्षाकर्मी संयोजक– धनबहादुर चन्द (पूर्व एमाले)
सहसंयोजक– मिठाराम केसी (पूर्व माओवादी)
उद्योग संयोजक– लक्ष्मीराज मानन्धर (पूर्व एमाले)
सहसंयोजक– श्याम पाठक (पूर्व माओवादी)
खेलकुद् संयोजक– पुरुषोत्तम पौडेल (पूर्व एमाले)
सहसंयोजक– शिव कोइराला (पूर्व माओवादी)
भूमिहिन संयोजक– रामप्रीत पासवान (पूर्व एमाले)
सहसंयोजक– पदम देवकोटा (पूर्व माओवादी)
जनजाती संयोजक– सुरेश आलेमगर (पूर्व माओवादी)
सहसंयोजक– शेरबहादुर तामाङ्ग (पूर्व एमाले)
आपाङ संयोजक– इन्द्रमाया गुरुङ्ग (पूर्व माओवादी)
सहसंयोजक– रामप्रसाद ढुंगाना (पूर्व एमाले)
किसान संयोजक– बामदेव गौतम (पूर्व एमाले)
सहसंयोजक– चित्रबहादुर श्रेष्ठ (पूर्व माओवादी)