सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पदाधिकारी नहुँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयसभा अन्योलमा


  •    न्युजभित्तो/८ भाद्र २०७७, सोमबार १७:३६ 
  • नारायढण अधिकारी

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारी विहीन हुँदा विश्वविद्यालय सभा अन्यौलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको वजेट स्वीकृत सभाबाट गर्नु पर्दछ । विश्वविद्यालय उपकुलपति विहीन भएको एक वर्ष पुरा भई सकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन् । रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष वाहेकका पद कायममुकायमका भरमा चलेको छ । गत वर्षको भदौ ७ गतेबाट उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनु भएकी डा। शारदा थपलियका अनुसार सभाको सदस्य सचिव रजिस्ट्रार नै नभएका कारण विश्वविद्यालय सभा हुन नसकेको हो ।

    विश्वविद्यालय स्थापना यता ढिलोमा यही भदौ महिनाको पहिलो साता भित्रमा क्याम्पस सभा हँुदै आएकोमा यस वर्ष भने अन्यौलमा परेको उहाँले बताउनुभयो । सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ । तलब भने पेश्कि वजेट दिएर खुवाउन सकिने उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा विश्वविद्यालयलाई ६९ करोड वजेट निकासा भएको थियो । ती मध्ये ५० करोड हाराहारी संञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचना समेत निर्माण गर्नु पर्ने भएकाले तीन अर्ब माग गरेको थियो । पूर्ण जिम्मेवारी सहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण कामहरु रोकिएको उहाँले बताउनु भयो ।

    रजिस्ट्रार गत माघ १२ गतेबाट र दुईवटा सङकायका डिन गत जेठ १ गतेबाट खाली छ । सेवा आयोजको अध्यक्ष गत साउन पाँच गतेबाट रिक्त भएको छ । निर्देशकहरु मध्ये एक खालि छ । बाँकी रहेका वन सङ्कायका डिन र निर्देशकहरुको कार्यकाल यही पुषमा सकिदैं छ । उपकुलपति नियुक्ति भएमा चार वर्ष कार्ययोजना वनाएर काम गर्न सक्ने छ । विश्वविद्यालयले दीर्घकालिन महत्व राख्ने विभिन्न काम गर्नु पर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ । चालु आर्थिक वर्ष पनि अन्यौलमा परेको छ । विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । वि। सं। २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन विद्यालय स्थापना गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.