सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका अस्पताल नै बन्न थाले असुरक्षित, ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित


  •    न्युजभित्तो/७ भाद्र २०७७, आईतवार १६:०५ 
  • नारायण अधिकारी
    चितवन । चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

    अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ४१ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी विपी कोइराला मोमोरियल क्यान्सर अस्पतालका १७, भरतपुर अस्पतालका १४, चिवतन मेडिकल कलेजमा एक, पुरानो मेडिकल कलेजका तीन जना छन् । त्यसैगरी रत्ननगर बकुलहर अस्पताल रत्ननगरका एक, सेन्ट्रल अस्पतालका दुई, मनकामना अस्पतालका एक, नारायणी सामुदायिक अस्पतालका दुई र अन्य साना अस्पताल एवं मेडिकलका तीन जना छन् ।

    ढकालका अनुसार यहाँका अस्पतालमा काम गर्ने बाहिरी जिल्लाका आठभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यो सङ्ख्या दैनिकरुपमा बढ्दो छ । अन्य रोग लिएर अस्पताल आएकाहरुको उपचारकै क्रममा कोरोनाको सङ्क्रमण देखिएर मृत्यु समेत हुन थालेका छन् । अस्पतालमै रोग फैलिएर वा उनीहरुले समुदायबाट रोग ल्याएका हुन् भन्ने यकिन हुन सकेको छैन ।

    जिल्लामा पछिल्लो दुई दिनयता मृत्युपछि दुई जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती दुवै जना मकवानपुरबाट आएका हुन् । उनीहरुमध्ये एक महिलालाई एपेण्डिसाइड र अर्का वृद्ध पुरुषलाई हर्निया भएको थियो । दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो । कलेजका निर्देशक डा।मनोहर प्रधानका अनुसार अहिले अस्पतालमा उपचाररत दुई जनामा पनि सङ्क्रमण देखिएको छ ।

    यसअघि सोही कलेजमा उपचार गराइरहेका दुई जनामा सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल पठाइएको थियो । एक जना मृतकको नतिजा आउन बाँकी छ । अस्पतालका दुई चिकित्सक पनि सङ्क्रमित भएका छन् । यससँगै ३० जना डाक्टरसहित ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उहाँको भनाइ छ ।

    सो अस्पतालमा भारत र सीमा क्षेत्रका बिरामी बढी आउँछन् । पछिल्लो समय अस्पतालको व्यवस्थापन राम्रो हुन नसक्दा पनि सङ्क्रमण नियन्त्रणमा कठिन भएको उहाँले स्वीकार गर्नुभयो । रोग अस्पतालमा फैलिएको आशंकामा बिरामी त्रसित भएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी समुदायबाटै रोग अस्पताल आएको अनुमान लगाउनु हुन्छ । अस्पतालहरुले उपचारमा विशेष सावधानी पु¥याउनु पर्ने उहाँको भनाइ छ ।

    कोरोनाका बिरामी छुट्याएर चिकित्सक र स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार उपचार गर्नु पर्ने उहाँले बताउनुभयो । यसरी सङ्क्रमण बढ्दै गएमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी नै नहुने उहाँको चिन्ता छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपाने कोरोना र अन्य बिरामी एकै ठाउँमा उपचार हुँदा समस्या आएको बताउनुहुन्छ । दुबैथरि बिरामी एकै ठाउँमा उपचार कठिन हुने उहाँको भनाइ छ । यससँगै दिर्घरोगीको मृत्यु हुन थालेको उहाँले बताउनुभयो ।

    चितवन मेडिकल कलेजमा एक चिकित्सकसहित १२ जना बिरामी सङ्क्रमित भैसकेका छन् । सबै बिरामी एकै ठाउँमा आउँदा कोरोना भएको यकिन नहुने र उपचार गर्नेले कम तयारीमा नै उपचार गर्दा पनि रोग फैलन गएको उहाँ बताउनुहुन्छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी समुदायबाट अस्पतालमा आयो वा अस्पतालमा सङ्क्रमण फैलिएको यकिन भन्न नसकिने बताउनुहुन्छ । अस्पतालहरुमा कोरोना भएका र नभएका दुबैको उपचार भैरहेको छ ।

    तिवारीले कहीँ एउटै अस्पतालमा दुबैथरिका बिरामी उपचार गरेको र कहीँ नगरेको उदाहरण दिनुभयो । पहिले कोरोनाका सबै बिरामी भरतपुर अस्पताल पठाइन्थ्यो । अहिले सरकारले जुन अस्पतालमा सङ्क्रमण देखियो त्यहीँ उपचार निरन्तरता दिने जनाएसँगै जिल्लाका सरकारी र निजी अस्पताल एवं मेडिकल कलेजमा बिरामी उपचाररत छन् ।

    जिल्लामा अहिले भरतपुर अस्पतालको भरतपुर कोभिड­१९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा नमूना परीक्षण भैरहेको छ । सङ्क्रमण फैलिएपछि अन्य रोगका बिरामी सकेसम्म अस्पताल जान छाडेका छन् । जानै पर्ने जटिल बिरामी मात्र अस्पताल जान थालेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.