सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजलाई स्वाब परीक्षणको अनुमती, दैनिक १२ सयको परीक्षण गर्ने क्षमता


  •    न्युजभित्तो/३२ श्रावण २०७७, आईतवार १५:३६ 
  • भरतपुर । चितवन मेडिकल कलेजलाई सरकारले कोरोना भाईरस (कोभिड १९) पत्ता लगाउन गरिने स्वाब परीक्षणको अनुमति दिएको छ । निजी क्षेत्रलाई पनि स्वाब परीक्षण गर्न दिने सरकारको नीति अनुसार कलेजलाई अनुमति दिईएको हो ।

    कलेजले आईतबार एक विज्ञप्ति प्रकाशित गरी दैनिक एक हजार २०० जनाको परीक्षण गर्न सदिने र स्वाब लिएको ६ घण्टामा नै परिणाम दिन सकिने दावी गरेको छ । नेपाल सरकारले तोकेको निर्देशिका अनुसार स्वाब संकलन गरी सरकारले नै तोकेको ६ हजार ५० रुपैयाँ परीक्षण शुल्क लिने तयारी गरेको कलेजले कोभिड ल्याबको लागि जनशक्तिदेखि अन्य व्यवस्थापन अलग्गै गरेको जनाएको छ ।

    विज्ञप्तिमा कलेजले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट पीसीआर परीक्षण गर्ने अनुमति साउन ३० गते प्राप्त गरेको उल्लेख गरेको छ । कलेजले ल्याबका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि प्रयोगशालाबाट अनुमति प्राप्त भएको जनाइएको छ ।

    यस अघिनै पाँच करोड ४० लाख रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहित ल्याव तयार गरिसकेको र भदौ २ गतेबाट परीक्षण गरिने जनाईएको छ । मेडिकल ल्याव्रोटरी विभागीय प्रमुख डा. सञ्जय राय यादवको नेतृत्वमा ८ जना दक्ष प्राविधिकहरूको टोलीले तीन सिफ्टमा चांैविसैघण्टा ल्याव सञ्चालन गर्न कलेजले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.