सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्तीलाई क्षयरोगबाट जोगाउनै मुस्किल


  •    न्युजभित्तो/२८ श्रावण २०७७, बुधबार २०:५८ 
  • नारायण अधिकारी
    चितवन । सन् २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरिसकेका छन् । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ । चितवनका हात्तीमा पहिलोपटक सन् २००२ मा क्षयरोग देखिएको थियो । यो सङ्क्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिबेला निकुञ्जको पशु चिकित्सकका रुपमा कार्यरत डा कमल गैरेका अनुसार क्षयरोगका कारण हात्तीमा समस्या देखिन थालेपछि निजी र सरकारी सबै हात्तीको क्षयरोगको परीक्षण गरिएको थियो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ ।

    आज अगष्ट १२ अन्तरराष्ट्रिय हात्ती दिवस मनाउँदै गर्दा निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठले पछिल्लो पटक यही साउन १९ गते मरेको दीपेन्द्र गजमा क्षयरोगको सङ्क्रमण देखिएको दुःखद् जानकारी दिनुभयो । यसअघि मरेका तीनवटा हात्तीको शवपरीक्षणका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको सङ्क्रमण भएको अनुमान गरिएको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती रहेका छन् भने यहाँका निजी होटलमा ५७ वटा हात्ती रहेका छन् । देशभर यो सङ्ख्या २०० रहेको बताइन्छ । दुई सय हाराहारी नै जङ्गली हात्ती रहेका छन् । श्रेष्ठ हात्तीमा दोस्रो चरणमा क्षयरोग देखापरेको अनुमान गर्नुहुन्छ । खतरा बढेपछि निजी र सरकारी सबै हात्तीको नमूना सङ्कलन गरी क्षयरोग परीक्षण गरिँदैछ । उहाँले भन्नुभयो, “पानी रोकिएलगत्तै एकदुई दिनमा नै परीक्षण शुरु गर्छौँ ।”

    रगत र हात्तीको सुँढबाट निस्किएको ¥याल सङ्कलन गरेर परीक्षण गरिने उहाँले बताउनुभयो । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने भन्दै उहाँले उपचारको कामलाई तीव्रता दिन लागिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल शुरु गर्न लागिएको बताउनुभयो । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उहाँको भनाइ छ ।

    निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलहरुले प्रयोग गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हात्ती सफारीका लागि अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने गर्दछ । यो खर्चिलो पनि हुने चिकित्सकहरु बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.