सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट २४ घण्टामा ५ जनाको मृत्यु, ३३८ संक्रमित थपिए


  •    न्युजभित्तो/२६ श्रावण २०७७, सोमबार २१:१९ 
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

    काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मधुमेहका बिरामी यनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो र, उनको सोमबार विहान निधन भएको हो ।

    यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    सोमबार ललितपुरको किस्ट अस्पतालमा काभ्रे पाँचखालकी ५० वर्षकी एक महिलाको मृत्यु भएको छ । निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए । उनको आईसीयूमा उपचार गर्दै गर्दा मृत्यु भएको हो ।

    यस्तै २४ घण्टामा ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५/१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कैलाली र सल्यानका ७/७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४/४ जना, महोत्तरी, बारा र गोरखाका ३/३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २/२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा कुल कोरोना संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । उनीहरुमध्ये १६ हजार ४९३ जना निको भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.